"Tomorrow never comes, start studying tody" .
Download NEB Preparation App Computer Coffee
Posts

 

NEB Resource App

Class 11 Notes & Learning Materials

Sanskriti Ko Naya Yatra -

Chapter-3

शब्दभण्डार


१. उस्तै अर्थ आउने शब्दहरुको जोडा मिलाउनुहोस् ।


प्रतिष्ठा : इज्जत
एकाकार : एकै किसिमको
उत्पीडन : पीडा दिइएको
विद्रोह : ठूलो विरोध
कार्यान्वयन : विधिपूर्वक व्यवहारमा ल्याउने काम
प्रवाहशील : निरन्तर बगिरहने

२. दिइएका अर्थ मिल्ने पदावलीहरु पाठबाट खोजेर लेख्नुहोस् ।

क) जीवनलाई पवित्र पार्ने काम : जीवनबोध
ख) समुद्रको जहाजमा बसेर यात्रा गर्ने : नाविक यात्रा
ग) एउटै मात्र संस्कृति : एकल संस्कृति
घ) यात्रालाई प्रत्येक्ष हेर्ने दर्शक : यात्राको साक्षी
ङ) सांस्कृतिक हिसाबले प्राप्त गर्ने न्याय : साँस्कृतिक न्याय
च) विचलित नहुने यात्रा : अविचलित यात्रा
छ) सबैको हग लाग्ने सन्तति : साझा सन्तति

३. शब्दकोश हेरेर दिइएका शब्दहरुको अर्थ लेख्नुहोस् ।


स्मृति : स्मरण , सम्झना
जिज्ञासा : कुनै कुरा जान्ने इच्छा
जीववैज्ञानिक : जीव विज्ञानसम्बन्धी अध्ययन गर्ने व्यक्ति
प्रगति : उन्नति , विकास
सामेल : भेला, तोकिएको ठाउँमा उपस्थित हुने काम
दमन : चिचोमिचो, दबदबाउ
मनुष्यत्व : मनुष्य हुनुको भाव, मानवता
दमित : दमन गरिएको, दविएको
बाहिष्कार : खारेजी, निष्कासन

४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् ।


उदात्त
सबैका आ आफ्ना आमाबाबु उदात हुन्छन ।

अनुभूति
मलाई विज्ञान विषय लिनुको अनुभूति भई सक्यो ।

सुनिश्चितता
सरकारले अझैँ पनि कक्षा ११ को पाठ्यक्रम सुनिश्चित गरेको छैन ।

दमक
हाम्रो समाजमा अझैँ पनि गरिबलाई दमक गरिन् छ ।

पङ्खफुका
अहिलेको यस्तो समयमा हामिले पङ्‌खफुका गर्नु हुदैन् ।

निर्मित
राम मन्दिरमा रामको मूर्ति निमित गरिएको छ ।

न्यायपूर्ण
हामीले सधें न्यायपूर्ण काम गर्नु पर्छ ।

अविचलित
हमी अविचलित भएर काम गर्यौ भने एकदिन अवश्य सफल हुनेछौँ ।

५. दिइएका विषयक्षेत्रका शब्दहरु खोजेर लेख्नुहोस् ।


क) नेपाली चाडपर्वहरु

तिज, दसैं, तिहार, पुर्णिामा, ल्होसार, माघी आदि ।

ख) नेपाली नृत्यहरु

साकेला, लाखे, देउडा, सोरठी आदि ।

ग) नेपालका भाषाहरु

नेपाली, मैथिली, भोजपुरी, थारु, कुमाले, माझी, नेवारी आदि ।

घ) नेपालीका पोसाक

दौरा, सुरुवाल, ढाकाटोपी, चोली, पटुका, धोती आदि ।

ङ) नेपाली खानाका स्थानीय परिकार

दाल, भात, रोटी, तरकारी, अचार, खीर आदि।


बोध र अभिव्यक्ति


२. दिइएका प्रश्नहरुको उत्तर दिनुहोस् ।


क) माथिको पाठ कति अनुच्छेदमा संरचित छ ?

माथिको पाठ आठ अनुच्छेदमा संरचित छ ।

ख) पाठको दोस्रो अनुच्छेदमा कुन विषयलाई मुख्य भाव वा विचार बनाइएको छ ?

पाठको दोस्रो अनुच्छेदमा जीवनयात्राको क्रममा बहुजातीयतामा फक्रेको नेपाली कला र संस्कृतिको विषयलाई मुख्य भाव बनाइएको छ ।

ग) पाठको छैटौं अनुच्छेदमा कस्ता विषय वस्तुलाई प्रस्तुत गरिएको छ ?

पाठको छैटौं अनुच्छेदमा सांस्कृतिका नाममा आउने विकृतिको अन्त्य हुनुपर्ने कुरालाई प्रस्तुत गरिएको छ ।

घ) निबन्धको पाँचौं अनुच्छेदमा कतिवटा वाक्यहरु छन् ?

उत्तर निबन्धको पाँचौं अनुच्छेदमा २२ ओटा वाक्यहरु छन् ।

३. पाठको अन्तिम अनुच्छेद पढ्नुहोस् र अनुच्छेदका आधारमा पाँचओटा प्रश्न बनाउनुहोस् ।

क) विरगंजमा कस्तो खाल्को संसृति पाहिन्छ ?
ख) `वसुधैव कुटुम्वकम्´ को अर्थ के हो?
ग) निबन्धकारको स्मृतिमा के कुरा ताजै छ ?
घ) हामी कस्तो संस्कृति निर्माणको समयमा छौँ ?
ङ) नयाँ पुस्ताका निबन्धकारले कस्तो उज्यालो ज्योति देखेकी छन्?

४. पाठको आधारमा उपयुक्त विकल्प छानी खाली ठाउँ भर्नुहोस् ।


(क) जब म यो नै संस्कृति हो भनेर बुझ्न थालेँ, त्यति बेलासम्म र पनि यी पर्व मेरो जीवन र मनोविज्ञानमा सदैव रहिरहेका छन्।

(ख) नेपालको लामो इतिहास र सभ्यताले निर्माण गरेका यी साझा संस्कृति मेरै संस्कृति थिए?

(ग) मनुष्य जीवनको सार्थकता भन्नु नै चेतना हो।

(घ) मैले यस यात्रामा सामेल भएर आवाज दिएँ।

(ङ) मनुष्यको मनुष्यत्व र मानवको मानवता नै सबैभन्दा ठूलो कुरा हो।

५. ” जीवन एउटा प्रवाहशील ………तरखरमा थिएँ ” निबन्धांश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् ।


क) जीवनलाई किन यात्रा भनिएको हो ?

नेपालको पूर्वी पहाडी भेगमा जन्मेकी सुधा त्रिपाठी द्वारा लेखिएको एक आत्मपरक निबन्ध हो ‘संस्कृतिको नयाँ यात्रा’। उनले यस निबन्धमा जिबनलाई यात्रा भनेकी छन्। जीवन एक नदी हो। जसरी नदी दौडिरह्नछ, त्यसरी नै जीवनको यात्रा पनि दौडिरहेको हुन्छ। जीवन जिउने क्रममा कहिले सुख को यात्रा चल्छ भने कहिले दुःखको यात्रा चल्छ। त्यसैले जीवनलाई यात्रा भनिएको हो ।

ख) अनुच्छेदका आधारमा म पात्रलाई चिनाउनुहोस् ।

म पात्र पहाडको एक दुर्गन गाउँमा जन्मिएकी हुन्। उनी पछि आफ्नो शिक्षाको कारणले गर्दा काठमाडौँ पुगिन्। उनले आफ्नो जीवनलाई विभिन्न यात्राको चरणसँग तुलना गरेकी छिन् । साथै उनले आफूलाई फुलबारीको विरुवाको रुपमा उभ्याएकी छिन, जो बिस्तारै फुल्ने र कक्रने तर्खरमा छ ।

ग) नेपाली जीवनलाई किन विविधताको सुन्दर साङ्लो भनिएको हो ?

जीवनमा विभिन्न जातजाती, धर्म, संस्कृति एवम् विविधतामय पहिचानमा एकीकृत भएर बसोवास गरेका नेपालीलाई अनुभव गर्न पाएकाले नेपाली जीवनलाई विविधताको सुन्दर साङ्लो भनिएको हो ।

घ) अनुच्छेदमा नेपालमा रहेका कुन कुन संस्कृति उल्लेखित छन् ?

अनुक्षेदमा नेपालको लामो इतिहास र सभ्यताले निर्माण गरेका सम्पूर्ण साझाँ संस्कृति उल्लेखित छन्। जस्तै काठमाडौंको नेवार, मुस्ताङको थकाली, पूर्वको किराँत, उत्तरको शेर्पा, तराईको मधेसी, पश्चिमको मगर र थारु साथै दार्चूला, कर्णाली हुँदै काठमाडौँ उपत्यकाको कञ्चनजङ्घाको काखसम्मको संस्कृत उल्लेखित छन् ।

६. दिइएको निबन्धांश पढी सोधिएका प्रश्नहरुको उत्तर लेख्नुहोस् ।


अ) जीवनमा आलोचनात्मक हुन के गर्नुपर्छ ?

जीवनमा आलोचनात्मक हुन प्रश्न गर्नुपर्छ । प्रश्नबाट नै तथ्य थाहा हुन्छ र तथ्यबाट नै सत्य बोध हुन्छ । प्रश्न गर्ने बानीले मानिसलाई विवेकसिल बनाउँछ र बुद्धि दिन्छ । त्यसैले जीवनमा आलोचनात्मक हुन प्रश्न गर्ने बानी बसाल्नु पर्छ ।

आ) निबन्धांशमा कस्तो संस्कृतिको परिकल्पना गरिएको छ ?

निबन्धांशमा कुनै पनि वर्ण, रङ, जात, धर्म, वर्ग, लिङ्गका आधारमा विभेद नगरी सबैको मूल्य र मान्यता अटाउन सक्ने विभेदरहित, न्याय र समतामुलक , सुन्दर, शान्त र साझा संस्कृतिको परिकल्पना गरिएको छ ।

७. दिइएको निबन्धांश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् ।


अ) संस्कृति भनेको के हो ?

संस्कृति भनेको हाम्रो परिचय, पहिचान एवम् अनुभूति हो । संस्कृति हामी नेपाली हौँ भनी हाम्रो मौलिक पहिचान दिने आधार हो ।

आ) संविधानले सुनिश्चित गरेका सांस्कृतिक विषयहरु के के हुन् ?

संसृतिको नाममा वर्ण, रङ, जात, धर्म, वर्ग, लिङ्ग, सम्प्रदायका आधारमा हुने विभेदको अन्त्य हुनुपर्छ । हरेक समुदायले आफ्नो भाषा लिपी , संस्कृत, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण गर्न पाउनु पर्छ भने जस्ता कुराहरु संविधानले सुनिश्चित गरेका सांस्कृतिक विषयहरु हुन् ।

८. उत्तर लेख्नुहोस्:


क) नेपालमा के कस्ता सांस्कृतिक विविधता छन् ?

नेपाल बहुजाति, बहुभाषी, बहुधर्मालम्बीहरुको सम्मिश्रण भएको सांस्कृतिक विविधतामय सुन्दर फुलबारी हो । यहाँ काठमाडौंको नेवार संस्कृति, मुस्ताङको थकाली संस्कृति, पूर्वको किरात संस्कृति, उत्तरको शेर्पा संस्कृति, तराई मधेसको मधेसी संस्कृति, पश्चिमको मगर र थारु संस्कृति जस्ता सांस्कृतिक विविधता छन् ।

ख) श्रम र संस्कृति कसरी अन्तरसम्बधित हुन्छन् ?

श्रमिक वर्गले श्रम गरेर जीवन यापन गर्छ । श्रमिक वर्गको आफ्नो संस्कृति हुन्छ । उनीहरूको संस्कृति श्रममा नै फल्ने, फुल्ने र फक्रने गर्छ । लोकजीवन, लोकसंस्कृति, लोककथा तिनका जीवनका संस्कार थिए, संस्कृति थिए र आत्मा धिए । यसरी श्रम सँगसँगै संस्कृति जन्मने भएकाले श्रम र संस्कृति अन्तरसम्बन्धित हुन्छन्‌ ।

ग) न्यायपूर्ण संस्कृतिको निर्माण कसरी गर्न सकिन्छ , निबन्धका आधारमा लेख्नुहोस् ।

वर्ग, जाति, धर्म, लिइग आदिका कुनै पनि आधारमा विभेद हुने कार्य समाज र राज्यले गर्नु हुँदैन । समाजमा यस प्रकारको यात्रामा सविधानले महिला र पुरुषलाई समान अधिकार दिई त्यसलाई कार्यान्वयन गर्ने हो भने न्यायपूर्ण संस्कृतिको निर्माण गर्न सकिन्छ ।

९. व्याख्या गर्नुहोस् :


क) नेपालको लामो इतिहास र सभ्यताको निर्माण गरेका यी साझा संस्कृति मेरै संस्कृति थिए, मेरो देशका सम्पत्ति थिए र मेरा ती सबै मित्रहरु एकै फुलबारीका साझा फुलहरु थिए ।

प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली विपय अन्तर्गत पर्ने ‘संस्कृतिको नयाँ यात्रा’ नामक निवन्धबाट साभार गरिएको हो । यस निबन्धका लेखक सुधा त्रिपाठी हुन्‌ । यस निबन्धमा उनले आफू स्वयमलाई ‘म’ पात्रको नामले चित्रण गरी जीवनलाई एक गतिशील यात्राको रुपमा व्याख्या गरेकी छन् । आफूलाई संस्कृतिको यात्रा हेर्ने प्रत्यक्ष दर्शीका रुपमा आएर सांस्कृतिक विभेद अनत्य हुनुपर्छ भन्ने कुरालाई तिबन्धका माध्ययमले विस्तृत रूपमा वर्णन गर्न खोजेको पाइन्छ ।

माथि दिइएको वाक्यांशले हामीलाई के भन्न खोजेको छ भने प्राचीन कालदेखि नै चलायमान यस जीवन प्रक्रियामा विभिन्न संस्कृतिले स्थान ओघटदै आएको पाइन्छ। दार्चुला, कर्णाली हुँदै काठमाडौँ उपत्यका देखि कञ्चनजङ्घाको काखसम्मको संस्कृति एकजनाको मात्र नभएर सम्पूर्ण नेपालीको हो । ती सम्पूर्ण संस्कृतिले सांस्कृतिक विविधता कायम गरेकाले राष्ट्रको गौरव बन्न पुगेको छ । नेपाल सांस्कृतिक विविधताले भरिपूर्ण राष्ट्र भएकाले पनि यहाँ व्यक्ति अनुसार, संस्कृति फरक रहेको पाइन्छ । तर जसले जुन संस्कृति अनुसरण गरेको भएतापनि सबै व्यक्तिहरू नेपाली गौरवको एकीकृत छायाँमा बसेका छन्। त्यसैले ‘म’ नामक पात्र त्रिपाठीले सांस्कृतिक विविधतामय एकता भएको नेपाललाई एउटा फुलबारीको सप्तरङ्गी फुल भनेकिछन्। साथ साथै ती फुल मध्य आफु पनि एक रहेको भन्दै आफूलाई उभ्याएकी छन् ।

अतः आफू स्वयम्, ‘म’ पात्र रहि चित्रण गरि यस निबन्धमा त्रिपाठीले जीवनलाई एक गतिशिल यात्रासँग तुलना गरी, तुलनात्मक ढङ्गले नेपाली सांस्कृतिक विविधतामय एकतालाई सरल शैलीमा रचना गरेको पाउन्छ ।

ख) संस्कृतिका नाममा…………………………………..भेद विकृति हुन् ।

प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली पाठ्यपुस्तक अन्तर्गत पर्ने ‘संस्कृतिको नयाँ यात्रा’ नामक निवन्धबाट साभार गरिएको हो । यस निबन्धका लेखक सुधा त्रिपाठी हुन्‌ । उनि सम्पूर्ण नेपालीको मस्तिष्कमा बस्न सफल भएकी छन् | मुख्यत सांस्कृतिक रचना गर्न मन पराउने भगकाले नै धेरै जसो उनका कृतिहरु संस्कृतिसँग मैं सम्बन्धित हुने गर्छन । उनले यस निबन्धमा पनि ‘म’ पात्रको चित्रण गरी मानवीय जीवनलाई सांस्कृतिक यात्रासँग तुलला गरेर नेपालमा विद्यमान संस्कृतिको महत्त्व साथै यसमा रहेका विकृतिलाई हटाउनुपर्छ भन्ने कुरालाई छर्लङ्ग पारेकी छिन् ।

माथि दिइएको वाक्यांशले हामीलाई के भन्न खोजेको छ भने जसरी सम्पूर्ण विषयवस्तुको सवल र दुर्बल पक्ष हुन्छ, त्यसरी नै नेपालमा विद्यमान संस्कृतिको पनि केही दुर्बल पक्षहरु रहि आएको पाइन्छ । अहिलेको यो विकसित समयमा आएतापनि संस्कृतिका नाममा गरिने विभेदहरू दुर्गम गाउँमा अझै व्यापक नै छन् | पखपरागत अवधारणालाई अनुशरण गरेकै कारण ती विभेदको अन्त्य भएको छैन । संस्कृतिका नाममा गरिने विभेदले समाजलाई विकृतिको मार्गमा लगिरहेको छ। त्यसैले हामी सम्पूर्ण नेपालीहरु एकिकृत भई त्यस्ता विवेद एवम् विकृतिलाई परै पन्छाएर अघि बढ्नुपर्छ। यसरी ‘म’ पात्रको चित्रण गरेर सांस्कृतिक विवेदलाई अन्त्य गर्ने कुरालाई विस्तृत रूपमा वर्णन गरिएको पाउछ ।

अतः बिबन्धमा बहुतै सरल वाक्यको प्रयोग गरी जीवन एक सांस्कृतिक यात्रा हो भन्ने कुरालाई छर्लङ्ग पार्टी खोजीएको पाइन्छ ।

१०. समीक्षात्मक उत्तर लेख्नुहोस्:


क) नेपालमा विद्यमान संस्कृतिका सबल र दुर्बल पक्षको चर्चा गर्नुहोस् ।

सुधा त्रिपाठीद्वारा रचियको यस ‘संस्कृतिको नया यात्रा’ निबन्धमा मुख्यतय संस्कृतिको सबल पक्षलाई केन्द्रित गरिएको छ। हामीलाई थाहा नै छ नेपाल एक भौगोलिक, जातीय, धार्मिक, सांस्कृतिक, लैडगिक, विविधता भएको एक समृद्ध मुलुक हो । यद्यपि उक्त विविधता बीच पनि सहिष्णुताका साथ जीवन गरेको एकताको स्थितिले नै प्रष्ट पार्दछ कि हामी हाम्रा विविध संस्कृतिका बीच पनि उदार र गुणग्राही रहदै, आएका छौं । लामो समयदेखिको यो विविधतालाई स्वीकार गर्दै गाब्यता दिनु नै अहिले नेपाली समाजमा विद्यमान संस्कृतिको एकदम सबल पक्ष हो । तर संस्कृतिको आजको अवस्था सम्म आइपुग्ने समर समयावदीका बीच विभिन्न विषमता, निर्भद र बहिष्कारको अवस्था उत्पन्न भएको छ । ति विसंदहरू अझैँ पनि नेपाली सांस्कृतिक समाजमा विद्यमान रहेका पाइन्छन् । यो नै अहिलेको संस्कृतिको दुर्बल पक्ष रहेको पाइन्छ । यसरी दुर्बल भन्दा सबल पक्षहरू प्रसस्त रूपमा रहको हुनाले नेपाली संस्कृति विद्यमान छ ।

ख) `सांस्कृतिक रुपमा न्यायपूर्ण समाजले मात्र समतामूलक समाजको निर्माण गर्न सक्छ´ विवेचना गर्नुहोस् ।

दुर्गम ठाउँमा जन्मेपछि नेपाली साहित्यीक जगत्मा अविस्मरणीय भूमिका निर्वाह गरेकी साहित्यकार ‘सुधा त्रिपाटी’ ले रचेको यस निबन्धमा साहित्यीक यात्राको कुरालाई छर्लङ्ग पारिएको छ । भूगोल, जात, धर्म, भाषा, लिङ्ग, वर्ग, संस्कृति आदिका आधारमा विविधता भएको हाम्रो देशमा विविध खालका विकृतिहरू रहेका छन्‌ ।

संस्कृति समाज वा राष्ट्रको धरोहर हो । हरेक मानिसहरुको आ-आफ्नै प्रकारका संस्कृति हुन्छन्‌ । ती संस्कृतिमा समानता र न्याय भएन भने समाजले प्रगति गर्न सक्दैन । महिला भएकै कारण अपहेलित हुन्‌, गरिव भएकै कारण सांस्कृतिक पहुँच नहुनु, ग्रामीण भेगमा बसोबास गर्ने भएकै कारण साँस्कृतिक पहुँच नहुनु, समाजविकासका वाधक हन्‌ । हामी बाचेको पृथ्वी साझा हो, हाम्रा भावना साझा छन्‌ । तसर्थ संस्कृतिका नाममा लिङ्ग, वर्ग, रङ, भूगोल, जाति, धर्मका आधारमा हुने भेद विकृति हुन्‌ । यस्ता विकृतिहरूलाई संविधानले पनि स्थान दिनु हुँदैन । संविधानले कानुन विपरीत मानेका विषयहरूलाई हामीले कार्यान्वयनमा ल्याउन जरुरी छ । तसर्थ सांस्कृतिक रूपमा सबैलाई न्याय गर्ने परिपाटीले मात्र सबैको सम्मान गर्ने समतामूलक समाजको निर्माण गर्न सक्छ ।

११. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् ।


क) संस्कृतिभित्र के के लुकेका हुन्छन् ?

संस्कृतिभित्र कुनै पनि जातजतिका लवाइखवाइ, विशभूषा, भाषा, दर्शन, मान्यता र विश्वास लुकेका हुन्छन् ।

ख) बहुजातीय मुलुकका के कस्ता विशेषता हुन्छन् ?

बहुजातीय मुलुकका सांस्कृतिक विविधता, सांस्कृतिक सम्पन्नता, जातीय पृथक्ता, जातीय सद्भाव, राष्ट्रिय एकता, धार्मिक एवं सांस्कृतिक मेल जस्ता विशेषता हुन्छन् ।

ग) `संस्कृति मधुरस हो, सभ्यता धार हो´ भन्नाको तात्पर्य के हो ?

जसरी विनाधार मधुरस भण्डारण हुन सक्दैन ठीक त्यसैगरी सभ्यता भएन भने संस्कृति पनि फक्रन सक्दैन, नेपालीहरुको साझा सभ्यता र संस्कृति मेलका कारण नेपाल मधुरसले भरिपूर्ण मौरीको घार जस्तै बनेको छ भन्नुनै यसको तात्पर्य हो ।

घ) `पृथक्ता´ र `अभ्यागत´को अर्थ लेख्नुहोस् ।


पृथक्ता : भिन्नता
अभ्यागत : पाहुना, अतिती

१२. दिइएको अनुच्छेद पढी चारवटा मुख्य बुँदाहरु टिप्नुहोस् र एक तृतीयांशमा सार लेख्नुहोस् ।


बुँदाहरु:
१. पुर्खाको विगत, हाम्रो वर्तमानको व्यवहार नै भोलिका सन्तानको साँस्कृतिक धरोहर बन्नु,

२. आमाबुबा, गुरु, पाहुना, वनस्पतिलाई देवत्वकरण गरी आदर गर्ने संस्कृति हाम्रो अमूल्य निधि हुनु,

३. छोराछोरीलाई संस्कारयुक्त शिक्षा दिएमा संस्कार र संस्कृतिको संरक्षण हुने,

४. परोपकारी बनाउने संस्कार र संस्कृति हाम्रो प्राण भएकाले यसको संरक्षण गर्नुपर्ने ।

सारांश

नेपाली संस्कृति

पुर्खाको विगत र हाम्रो वर्तमान नै भोलिका सन्ततिको सांस्कृतिक धरोहर भएकाले छोराछोरीलाई सम्पत्तिको सट्टा संस्कारयुक्त शिक्षादीक्षा दिएर संस्कार र संस्कृतिको निर्माण गर्नुपर्छ । आमाबुबा, गुरु, पाहुना, वनस्पतिलाई देवत्वकरण गरी आदर गर्ने संस्कृति हाम्रो अमूल्य निधि हो । परोपकारी बनाउने संस्कार र संस्कृती हाम्रो प्राण भएकाले हामीले यसको संरक्षण गर्नुपर्छ ।

दिइएको अनुच्छेदको शब्द सङ्ख्या : १६२
एक तृतीयांश शब्द सङ्ख्या : ५४
सारांश शब्द सङ्ख्या : ५४

व्याकरण अभ्यास


पदवर्ग: नाम


१. दिइएको अनुच्छेद पढी नाम वर्गका शब्दको पहिचान गर्नुहोस् ।

हुल, भिक्षु , स्तूप, परिक्रमा, सहर, भीमसेन, स्तम्भ, मन्जु, स्वयम्भू, प्राङ्गण, वुवा, खुशी, व्यक्त, नारायणहिटी, दरबार, सिंहदरबार, हनुमानढोका, एयरपोर्ट, कीर्तिपुर,महिमा, काठमाडौं, दृश्य, हात, प्रसाद, झोला, बाँदर ।

२. दिइएका शब्दहरुबाट एउटै उपवर्गमा पर्ने नामहरुको सुची बनाउनु होस् ।


क) व्यक्तिवाचक नाम

गोपाल, काठमाडौं, कर्नाली, रामायण, मुनामदन, तिहार, होली, तिज, धरमपुर, दसैँ

ख) जतिवाचक नाम

फूल, गाई, माछो, किताब, घर, विद्यालय, जुत्ता, औंठी, टोपी, साइकल, कार

ग) समूहवाचक नाम

वथान, लहर, चाङ, खात, फौज, झुप्पो

घ) द्रव्यवाचक नाम

रगत, कुहिरो, ढुङ्गा, माटो, सुन, चाँदी, चामल, पानी, शोभिता, तेल

ङ) भाववाचक नाम

रिस, बसाइ, चोरी, युद्ध, मुर्ख्याइँ, प्रेम, घृणा, मानवता, शिक्षा, पढाई, जवानी, गरिबी, बाल्यावस्था

३. दिइएको अनुच्छेदबाट बिसओटा नाम शब्द टिप्नुहोस् ।

नेपाल, पर्व, नारी, रुप, गौरा, महिला, व्रत, भगवान्, शिव, पार्वती, पुजा, सुख, समृद्धि, कामना, नदी, घर, पोखरी, चना, गहुँ, मकै ।

४. पाठको पहिलो अनुच्छेदमा रहेका नाम शब्दहरु टिप्नुहोस् ।

वाल्यकाल, दसैँ, स्मृति, हृदय, नेपाल, पहाड, गाउँ, संस्कृत, महिना, बुबा, आमा, झरना, कोसी, नदी, लेखनाथ, बाढी, झरी, पहिरो, हिलो, धर्ती, पुर्खा, लुगा, पिङ, खाना, केरा, कुराउनी, मासु, चिउरा, परिकार, दक्षिणा, बालिका, तिहार, खुशी, जीवन आदि ।

पदवर्ग: सर्वनाम


१. दिइएको अनुच्छेदमा नामको सट्टामा उपयुक्त सर्वनाम पद प्रयोग गरि पुनर्लेखन गर्नुहोस् ।


क) आमाबुबाले छोराछोरीलाई पढ्नका लागि धनगढी पठाए । उनीहरु त्यहाँ बसी धेरै पढे । छोरी पढीसकेपछी गाउँ फर्की । उसले गाउँमा एउटा विद्यालय खोली । केही वर्षपछि छोरो पनि गाउँमै फर्क्यो । उसले पनि त्यस विद्यालयमा पढाउन थाल्यो । आमाबुबा खुशी हुनुभयो ।

ख) मेरी छोरी ज्ञानुले व्यवस्थापनामा स्नातक गरिन् । उनी आफ्नो गाउँमा गइन् । उनले गाउँमा उद्योग खोलिन् । उद्योगमा धेरै मानिसले जागिर पाए । उनीहरुको आर्थिक स्थिति सुध्रियो ।

२. दिइएका सर्वनामलाई मिल्दाजुल्दा उपवर्गमा सूचीकृत गर्नुहोस् ।


क) पुरुषवाचक सर्वनाम

   अ) प्रथम पुरुषवाचक : म, हामी
   आ) द्वितीय पुरुषवाचक : तँ ,तिमी, तपाई ,तपाईंहरु
   इ) तृतीय पुरुषवाचक : ऊ, त्यो, उनी, उनीहरु, उहाँ, उहाँहरु

ख) दर्शकवाचक सर्वनाम

यो, यी, यिनीहरु, त्यो, ती, तिनीहरु

ग) सम्बन्धवाचक सर्वनाम

जो, जे, जुन, जेसुकै, जोसुकै, जुनसुकै

घ) प्रश्नवाचक सर्वनाम

को, के, कुन, केही, कोही, कुनै

ङ) निजवाचक सर्वनाम

आफू, आफैं, स्वयम्, निज, अरु

३. दिइएको गद्यांश पढी दशवटा सर्वनाम टिप्नुहोस् ।

म, हामी, तिमी, उनीहरु, तपाईं, को को, ऊ, जोसुकै, तँ, यस, आफै ।

४. दिइएका सर्वनामलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् ।


त्यो
राम घर गएकाले त्यो आज स्कुल आएन ।

तिनीहरु
सीता र गिता त घरमै थिए फेरि तिनीहरु पढ्न किन आएनन् ।

यी
यी भ्रष्टाचारी नेताहरुले गर्दा आज देशमा अशान्ति फैलिएको छ ।

स्वयम्
आफ्नो अधिकारका लागि आफू स्वयम् लड्नु पर्छ।

जे
तिमीलाई जे इच्छा लाग्छ,तिमी त्यही गर ।

को
तिमी को हौँमैले त चिनिन नि ।

के
तिमी खानामा के खान्छौ ।

आफू
परिवर्तन गर्दा पहिला आफूबाट सुरुवात गर्नुपर्छ ।

उहाँ
बुबालाई खाना खान बोलएको उहाँ अझै आउनु भएको छैन ।

कोही
साथीहरुलाई खेल्न बोलाएको कोही पनि आएनन् ।

प्रत्येक
हामी प्रत्येक नेपालीको मनमा आफ्नो देशको लागि सम्मान हुनुपर्छ ।

अरु
हामीले अरुको देखासिखि गर्नुहुदैन ।

सबै
हाम्रो देश नेपाल, नेपालीहरुको साझा फुलबारी भएकाले सबैले यसको संरक्षण गर्नुपर्छ ।

केही
तिमी बिरामी छौ त्यसैले तिमी बासी खानेकुरा केही नखाऊ ।

हजुर
बुबा यहाँ पो हुनुहुदो रहेछ, मैले त हजुरलाई घरमा खोजीराथे ।

पदवर्ग – विशेषण


१. दिइएको गद्यांशबाट विशेषण शब्द पहिचान गरी लेख्नुहोस् ।

एक, दुइटा, त्यस, एउटा, ठुलो, चलाख, कमजोर, धुर्त, मेरा, यो, धमिलो, प्रिय, सफा, सानो ।

२. दिइएका पदावलीबाट विशेषण शब्द छानी तिनलाई उपवर्गमा वर्गीकरण गर्नुहोस् ।


क) गुणबोधक विशेषण

सेतो, बलियो, गतिलो, बुझक्कड, चड्दो, शीतल, सांस्कृतिक, नैतिक, मलिलो

ख) सङ्ख्याबोधक विशेषण

लाखौं, पाँच, सयौं, सप्त

ग) परिमाणबोधक विशेषण

प्रशस्त, अलिकति, थोरै, सबै

घ) सार्वनामिक विशेषण

यो, त्यो, यी, ती

ङ) भेदक विशेषण

उसको, मेरो, तिम्रो

३. दिइएको अनुच्छेदबाट दशओटा विशेषण शब्द पहिचान गरि टिपोट गर्नुहोस् ।

मेरो, सेता, हरियो, उर्वरशील, विविध, अनेक, सयौं ,मेहनती, यस, वीर, स्वच्छ, प्राकृतिक, नेपालको ।

४. ` संस्कृतको नयाँ यात्रा´ निबन्धबाट पाँचवटा विशेषण शब्दहरु टिप्नुहोस् ।

मेरो, एक,निलो, मीठो, यी, दुर्गम, गतिशील, साझा, सबै, वास्तविक, हाम्रो, नयाँ ।

पदवर्ग – क्रिया


१. दिइएको गद्यांशबाट क्रियापद पहिचान गरी लेख्नुहोस् ।

झुके, वने, सकेनन्, सजिए, बनेनन् , सकेनौँ, पोलिए, बद्लिए, बहकिए, मिसिए, लरबरियो, रह्यो ।

२. दिइएका क्रियापद प्रयोग गरी आफूलाई मनपर्ने विषयमा छोटो अनुच्छेद लेख्नुहोस् ।

मेरो भाइले सरकारी जागिर खान्छ । उसले सरकारी स्कुलमा नै पढ्यो । अहिले भाइ विद्यालयमा पढाउन गएको छ । उसके असल शिक्षक बनी नाम कमाओस् भन्ने मेरो चाहाना छ । भाइ विद्यालयबाट कतिखेर आउला भनी म उसैको पर्खाइमा बसेको थियो । भाइ विद्यार्थीसँगै बाटोमा हिड्दै थियो भनेर श्यामले भन्न नपाउँदै आँगनीमा टुप्लुक्क आइपुगेको भाइले श्याम झुट बोल्छन् भनी रिसाएझै गर्दा श्याम त डराएर जुरुक्कै उठेछ ।

३.दिइएका क्रियापदलाई मिल्दो उपवर्गमा वर्गीकरण गर्नुहोस् ।


१. अर्थप्रधानताका आधारमा


क) मुख्य क्रिया

सुन्छ, पढ्छ,हाँस्छ, भयो, रुदैँ, हुन्छ, ल्याउँछ, बनाउँछ, आइ, गएको, हुनु, उम्रँदै, वाङ्गिन्छ, भुतभुताउनु, छापेको, फरफरायो, कलकलाउँछ, लेख्छ, दियो, पढ्ने, भएको, भिजाउँदै, गर्दछौं, सुनिन्छ ।

ख) सहायक क्रिया

छ, हाल्छ, सक्यो, पगे, हो, थियो, छन् , सकेछ ।

२. बनोटका आधारमा


क) सरल क्रिया

सुन्छ, पढ्यो, ल्याउँछ, सक्यो, बनाउँछ, भयो, खोज्यौँ, वाङ्गिन्छ, फरफरायो, कलकलाउँछ, लेख्छ,दियो, गर्दछौ, सुनिन्छ ।

ख) जटिल क्रिया

भनिहाल्छ, रुदै छ, आइसक्यो, आइपुगे, गएको हुने छ, उम्रँदै छ, भुतभुताएको छ, छापेको थियो, पढ्ने छ, भएको छ, भिजाउँदै छ, लेखिसकेछ ।

३. कर्मका आधारमा


क) सकर्मक क्रिया

सुन्छ, पढ्यो, ल्याउँछ, बनाउँछ, खोज्यौ, लेख्छ, दियो, पढ्ने छ, भिजाउँदै छ, गर्दछौ ।

ख) अकर्मक क्रिया

हाँस्छे, दगुर्छन्, रुँदै छ, आइसक्यो, छ, हो, उम्रँदै छ, फरफरायो, कलकलाउँछ, भएको छ, सुनिन्छ ।

४. दिइएको अनुच्छेदबाट बाह्रओटा क्रिया टिप्नुहोस् ।

पर्दै छ, भएको छ, ल्यायो, हरायो, वगायो, पुर्यो, आएछ, सुन्छु, हेर्छु, छुन्छ, रुवाउँछ, पर्छन्, बन्दछ ।

५. `संस्कृतिको नयाँ यात्रा´ निबन्धको दोस्रो अनुच्छेदबाट पन्ध्रओटा क्रियापद टिप्नुहोस् ।

हो, रहेछौ, रहेछ, पुगेँ, भयो, थालेँ, पाएँ, मनाउँथ्यौ, मनाउँथे, गाउँथे, गर्थे, बताउँथे, भएँ, बुझेँ, गरेँ, थिए ।

Getting Info...

Post a Comment

Thanks for Visiting Our Site !Please Give us Feedback To Improve Site and Provide best Educational materials !
Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.